आइतबार, भदौ १४, २०८३

भ्रष्टाचारविरुद्ध आम जनता पार्टीको मोटरसाइकल र्‍याली 

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको छ।

सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको हो। 

‘भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाइदैन, लुटकारी व्यवस्था चाहिदैन’ भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्बाद भइरहेको सन्दर्भमा युवाहरूले भ्रष्टाचारविरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष  साहले जनाएका छन।

प्रकाशित: Feb 03, 2024| 18:40 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्