मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रष्टाचारविरुद्ध 'राजनीतिक सौदाबाजी' नगर्ने गृहमन्त्रीको प्रतिबद्धता 

भ्रष्टाचारविरुद्ध 'राजनीतिक सौदाबाजी' नगर्ने गृहमन्त्रीको प्रतिबद्धता 

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानबाट सरकार पछाडि नहट्ने जिकिर गरेका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियानको क्रममा कुनै पनि प्रकारका ‘राजनीतिक सौदाबाजी’ नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

National life

शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरी सुरक्षा गोष्ठीको समापनपछि पत्रकारसँग बोल्दै उनले सरकारले प्राथमिकताका आधारमा अनियमितता भएका फाइलहरु खोल्दै जाने पनि बताए।

माओवादी लडाकु शिविरसम्मको फाइल पनि खुल्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘कुन खोल्ने कुन नखोल्ने भनेर यहाँ मानसिकता बनाएर म अगाडि बढ्दिन। जे कुरा सतहमा आएको छ वा प्रारम्भिक अनुसन्धान गर्दा गडबड छ कि भनेर लाग्छ, त्यहाँ काम गर्ने हो।’

उनले आफूहरू यो अभियानबाट विश्राम नलिने पनि बताए।

‘पर्दाखेरी जे पनि खोल्न सकिन्छ। हामी विश्रामचाहिँ लिँदैनौं। एउटा घटना भयो, आइदिएपछि अर्को आइदिए हुन्थ्यो भन्ने लाग्छ। त्यस्तो त नहुन सक्छ । यही (बाँसबारी छालाजुत्ता जग्गा प्रकरण) अनुसन्धान गर्न पनि हाम्रो सीआइबीलाई ३ महिना लाग्यो। कुन कुन आउला भन्न सकिन्न तर विश्राम लिँदैनौं।’

kumari

उनले भुटानी शरणार्थी प्रकरणमा जनताको अपेक्षाको आधारमा मात्र अमूक व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन नसकिने पनि बताए। 

‘भुटानी शरणार्थी मामिलामा पनि फलानो पनि यसमा संलग्न छ, ल्याइदिए हुन्छ भन्ने होला तर त्यसकै आधारमा नेपाल प्रहरीले कारवाहीको दायरामा ल्याउन सक्दैन,’ उनले भने,‘ कुनै दुईजना मिलेर तेस्रो व्यक्तिको बारेमा कुरा गरेर रेकर्ड बाहिर ल्याइदिनुभयो भने के हुन्छ? त्यो कुरा  हुन पनि सक्छ, नहुन पनि सक्छ तर अदालतले प्रमाण मानेन। कारणसम्मत रुपले अगाडि जाँदा कतिपय जनताको अपेक्षा पूरा नभएको होला। राजनीतिक सौदाबाजी वा अरु अवाञ्छित तत्वको प्रभावमा परेको छैन।’ 

‘हाम्रो देशमा समस्या सुशासनलाई स्थापित गर्न नसक्नु पनि एउटा हो, ट्रान्सपेन्सीले पनि भ्रष्टाचार माथिल्लै स्तरमा छ तर सतहमा छ तर घटेको छ भनेको छ’, उनले भने, ‘त्यो (भ्रष्टाचार) कसले गर्‍यो ,सडकपेटीको जनताले गर्‍यो मजुदर किसान, गरीब किसानले गर्‍यो? पहुँच भएका सम्पन्नशाली वर्ग, सत्ता  संचालन एउटा वा अर्को पटक गरेका राजनीतिक नेता र कर्मचारीबाटै भएको हो।’

एकातिर  सुशासनको माग गर्ने अनि सरकारले सुशासन स्थापनाका निम्ति कारवाही थाल्दा विरोध हुने गरेकोमा गृहमन्त्री श्रेष्ठले आपत्ति जनाए। 

‘राजनीतिक व्यक्तित्वलाई कारवाही गरे चर्कोचर्को स्वरले नेताहरू कराउने र  राजनीतिका नेताहरूलाई गर्न भएन नि! भन्ने   पुर्वाग्रही भयो भन्ने , उद्योगी व्यवसायी भए भने उद्योगी व्यवसायी कराइहाल्ने दबाब दिने अनि कर्मचारी परे भने कर्मचारी संगठन र अरुहरु पनि कराउने भनेपछि भ्रष्टाचारको मामिलामा कसलाई कारवाही गर्ने?,’ उनले थपे, ‘त्यही गरीब, त्यही सुकुम्बासी, त्यही पेटीमा पसल राख्ने मान्छेलाई कारवाही गर्ने भनेको हो त? हामी निर्दोषलाई डाम्न दिँदैनौँ।  दोषीलाई छाड्दैनौं। चाहे त्यो दोषी जुनसुकै वर्गको होस्।’ 

यसो गर्दा कोही निर्दोष नपरोस् भन्नेमा सचेत रहने पनि बताउँदै उनले भने, ‘हामी यो देशलाई यथास्थितिमा रहन दिन्नौँ। हजुर तपाईंहरु लुटिराख्नुहोस्, हामी सहीराख्छौं भन्न दिँदैनौं। भ्रष्टचाचार बढिराओस् हामी सेवा गर्न पाइराखौं भनेर हामी रातो कार्पेट बिच्छ्याउने अवस्थामा छैनौं। एउटामात्र पनि निर्दोषलाई अनावश्यक रुपमा दुःख दिने वा डाम्ने काम गरिने छैन तर दोषीलाई  कुनै पनि दबाबको आधारमा छाडिने छैन।’

प्रकाशित: Feb 03, 2024| 18:00 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्