आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • छोरी-ज्वाइँसहित उदयपुर पुगेका प्रचण्डले भने - सिंहदरबारजस्तै सेवा दिनुस्

छोरी-ज्वाइँसहित उदयपुर पुगेका प्रचण्डले भने - सिंहदरबारजस्तै सेवा दिनुस्

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरी र ज्वाइँसहित उदयपुर पुगेका छन्। जिल्लास्थित रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्रीले छोरी गंगा दाहाल र कान्छा ज्वाइँ जीवन आचार्यलाई पनि सँगै लगेका हुन्।

रौतामाईको भुट्टारमा आज आयोजित समारोहबीच प्रशासकीय भवन उद्घाटन गर्दै उनले गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए।

स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले जनतालाई सुलभ सेवा प्रवाह गर्न आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: Feb 03, 2024| 17:10 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्