आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिंहदरबार पुगेर ओलीले भने- लोकतन्त्र समाप्त पार्ने चलखेल भइरहेको छ

सिंहदरबार पुगेर ओलीले भने- लोकतन्त्र समाप्त पार्ने चलखेल भइरहेको छ

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले लोकतन्त्र नै समाप्त पार्ने गरी राजनीतिक चलखेल भइरहेको बताएका छन्। सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकपछि उनले यस्तो बताएका हुन्। 

उनले सत्तारुढ नेपाली कांग्रेसका एक जना उच्च पदाधिकारीले नै स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको समेत दाबी गरे। 

उनले भने, ‘देश कहाँ पुगेछ। नेपाली कांग्रेसका एकजना उच्चस्तरीय पदाधिकारीले स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभयो।’ 

उनले अहिले देशको अवस्था अत्यन्तै खराब भएको भन्दै यसबाट जोगिन सबैलाई अपिल गरे।

प्रकाशित: Feb 03, 2024| 16:18 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्