मंगलबार, चैत २४, २०८२

विद्युत महसुलबाट ६ महिनामा पाँच करोड २३ लाख संकलन

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

महोत्तरी- नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले ६ महिनामा पाँच करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले पाँच करोड २३ लाख २२ हजार सात सय ६८ रूपैयाँ राजस्व संकलन गरेको हो। 

National life

उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ। विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो। 

छ महिनामा दुई सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ। यो कारबाहीबाट २७ लाख ८४ हजार एक सय ७७ रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए।

सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनःजोडिदा तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ रूपैयाँ राजस्व संकलन भएको छ।

सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा एक करोड १४ लाख २५ हजार सात १५ रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन्। गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन्।

kumari

पछिल्ला केही वर्षयता विद्युत् चोरी (चुहावट) का घटना बढेपछि अभियानकै रुपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताए। यस अभियानमा विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ।

प्रकाशित: Feb 03, 2024| 16:45 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्