आइतबार, भदौ १४, २०८३

आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं- अर्थमन्त्री डा.प्रकाश शरण महतले मन्त्रालय अन्तर्गतका सहसचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेका छन्। शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट आन्तरिक राजश्व विगभाको महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर भुपाल बराललाई पठाइएको छ।

बराल वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाका प्रमुख थिए। बरालको ठाउँमा सहसचिव नारायण रिसाल सरुवा भएका छन्।

सचिव बढुवाको लाइनमा रहेका बराल पछिल्लो केही समययता विभागतिर जानेहरूको चर्चा सूचीमा पर्दै आएका थिए।

त्यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डे सरुवा भएका छन्। पाण्डेको ठाउँमा भन्सार विभागका सेवन्त पोखरेल सरुवा भएका छन्। भन्सामामा टंक पाण्डेको सरुवा भएको छ।

प्रकाशित: Feb 03, 2024| 14:45 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्