मंगलबार, पुस १, २०८२

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

National life
Laxmi sunrise bank
kumari

अर्घाखाँची- अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।  

ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताए। दुर्घटनामा  पणेना–१ की कपिला खनाल पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन्। उनीहरुको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Feb 03, 2024| 13:56 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्