आइतबार, भदौ १४, २०८३

एमाले संसदीय दलको बैठक आजदेखि

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

काठमाडौं-  नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ। दलको बैठक आज र भोलि दुई दिनका लागि बोलाइएको बताइएको छ।

बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन्।  बैठक संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे बोलाइएको छ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ। यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ। 

प्रकाशित: Feb 03, 2024| 10:12 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्