मंगलबार, चैत २४, २०८२

चीनद्वारा रिपोर्टिङका लागि पत्रकारलाई आमन्त्रण

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

बेइजिङ- चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी), राष्ट्रिय विधायिका र चीनको राष्ट्रिय राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिले स्थानीय र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई मार्चमा हुने आफ्नो वार्षिक अधिवेशनको रिपोर्टिङका लागि आमन्त्रण गर्ने भएको छ।

National life

एनपीसीको दोस्रो सत्र ६ मार्चमा शुरू हुनेछ भने सीपीपीसीसी १४ औँ राष्ट्रिय समितिको दोस्रो सत्र ४ मार्चमा शुरू हुनेछ। 

एनपीसी स्थायी समिति र सीपीपीसीसी राष्ट्रिय समितिका सामान्य कार्यालयहरूद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, 'यी दुई सत्रको समाचार कभरेज मुख्यतया स्थलगत रिपोर्टिङको माध्यम र अन्य विभिन्न माध्यमबाट गर्न सकिनेछ।'

दुवै सत्रका लागि सञ्चार केन्द्र फेब्रुअरी २७ देखि खुला रहने विज्ञप्तिमा उल्लेख छ। यी दुई सत्रको कभरेज गर्न चाहने चीनस्थित विदेशी पत्रकारले सञ्चार केन्द्रमा आवेदन दिनुपर्नेछ भने चीनमा नरहेका पत्रकारले आफ्नो देशमा रहेका चिनियाँ दूतावास वा वाणिज्य दूतावास वा चीनको विदेश मन्त्रालयबाट अनुमति प्राप्त भिसा संस्थामार्फत आवेदन दिनुपर्नेछ।

हङकङ र मकाउका पत्रकारहरूले दुई विशेष प्रशासनिक क्षेत्रहरूमा केन्द्रीय सरकारको सम्पर्क कार्यालयहरूमा आवेदन दिनुपर्नेछ। ताइवानका पत्रकारहरूले राज्य परिषदको ताइवान मामिला कार्यालयमा आवेदन दिनुपर्नेछ। 

kumari

आवेदनको लागि अन्तिम समय फेब्रुअरी १८ सम्म तोकिएको छ दुई सत्रको बारेमा थप जानकारी ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट एनपीसी डट जीओभी डट सीएन’ र ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट सीपीसीसीसी डट जीओभी डट सीएन’ उपलब्ध रहेको बताइएको छ। 

प्रकाशित: Feb 02, 2024| 18:00 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्