मंगलबार, चैत २४, २०८२

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

National life
kumari

काठमाडौं- काठमाडौँ महानगरपालिका–२६ स्थित होटल सनराइज् इनबाट अवैध लागुऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु एक थान, नगद रु ८५ हजार र मोबाइल एक थानसहित भोजपुर आमचोक गाउँपालिका–९ दुम्माना ठेगाना भएका २३ वर्षीय भीमराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

यसैगरी काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ४४ वर्षीय निरबहादुर गुरुङलाई अवैध लागुऔषध खैरो हेरोइन छ ग्राम चार सय ५० मिलिग्राम र नगद रु १८ हजारसहित मङ्गलबार प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। 

यसैगरी काठमाडौँ महानगरपालिका–१५ चमतीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब दुई ग्राम ६९० मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्राभेट ८६१ ट्याब्लेट र नगद रु आठ हजारसहित सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २९ वर्षीय सरोज खड्कासमेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: Feb 02, 2024| 19:41 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्