मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जालसाझी गरेर राज्य लुट्ने छुट दिन सकिन्न : उपप्रधानमन्त्री श्रेष्ठ

जालसाझी गरेर राज्य लुट्ने छुट दिन सकिन्न : उपप्रधानमन्त्री श्रेष्ठ

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

National life
kumari

काठमाडौं-  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन नसकिने बताएका छन्। कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले राज्य लुट्ने, अपराध गर्ने र जालसाझी गर्नेलाई जोगाउनेे काममा नलाग्न आग्रह गरे।

शुक्रबार पोखरा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कसैलाई पनि छुट नदिने प्रतिबद्धता जनाए।'उद्योगी व्यावासयी पनि गल्ती गर्छन् र कारबाही गर्न थाल्यो भने दबाब सुरु हुन्छ वक्तव्यबाजी सुरु हुन्छ। उद्योग व्यावसायीलाई त कारबाही गर्नु भएन नी ! हामीले कर तिरेका छौं', उपप्रधानमन्त्री श्रेष्ठले भने,' ठीक छ त, निजी क्षेत्रलाई पनि हामीले भनेको छौं निजी क्षेत्रको साथबिना नेपालको अर्थतन्त्रलाई अघि लैजान सकिन्न। तर कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिँदैन। कसैलाई पनि जालसाझी गरेर ठग्न छुन दिन सकिँदैन। कसैलाई पनि अपराध गर्ने छुट दिन सकिँदैन। यस्तो प्रकारको दबाब र हस्तक्षेप भइराख्ने हो भने हाम्रो देशलाई बिगार्छ।'

उनले हरेक क्षेत्रमा केही ककाम अघि बढाउने बित्तिकै त्यही क्षेत्रको दबाब सुरू हुने बताए। 'कुनै अपराधिक काममा, ठगीको काममा, जालसाझीमा कोही राजनीतिक पृष्ठभूमिको मान्छे पक्राउ पर्‍यो भने पार्टीकै नेताहरु कराउन थाल्छन्। उ त नेता हो। हाम्रो पार्टीको हो। गठबन्धनको हो वा प्रतिपक्षको हो। गर्न पाइँदैन। तर त्यसरी चल्दैन। कर्मचारीले गल्ती गर्‍यो र कारबाही गर्न थालियो भने कर्मचारी संगठन बोल्न थाल्छ। माथिल्लो उच्चपदस्थ कर्मचारी नै बोल्न थाल्छ कर्मचारीलाई त त्यो गर्नु भएन नी भनेर' उपप्रधानमन्त्री श्रेष्ठले भने। उनले कुनै पनि कर्मचारी र सुरक्षा अधिकारीहरु दृढतापूर्वक उभिनुपर्ने बताए। 'कुनै पनि बाञ्छित हस्तक्षेपबाट तपाईंहरु हच्किनु पर्दैन। दृढतापूर्वक सामना गर्नका लागि अपिल गर्छु' उपप्रधानमन्त्री श्रेष्ठले भने।

प्रकाशित: Feb 02, 2024| 19:00 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्