शुक्रबार, असार १२, २०८३

जापान पठाइदिन्छु भनेर दुई लाख ठग्ने पक्राउ

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०
National life
Shivam cement

जापान पठाइदिन्छु भन्दै दुई लाख ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

भरतले एक जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक रु एक लाख ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंपठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
 

प्रकाशित: Feb 02, 2024| 21:41 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्