आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सांसदले काठमाडौं छाड्न नपाउने, छाड्नैपरे लिखित अनुमति लिनुपर्ने

कांग्रेस सांसदले काठमाडौं छाड्न नपाउने, छाड्नैपरे लिखित अनुमति लिनुपर्ने

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ।

संसद् हिउँदे अधिवेशनबारे छलफल गर्न आज बसेको संसदीय दलको बैठकले अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिइएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

उनले भने, 'संसद चल्दाका बखत कांग्रेसका सांसदले राजधानी छोड्न नमिल्ने, छोड्न परे दलको प्रमुख सचेकको अनुमति लिनुपर्ने निर्णय भएको छ। यसले संसद् र संसदीय समितिलाई अझ प्रभावकारी बनाउन सहयोगी हुन्छ भन्‍ने उद्देश्य रहेको छ।' 

जानैपर्ने भए मुख्य सचेतकको लिखित अनुमति लिनुपर्ने उनको भनाइ छ। बैठकले विधेयकहरू चाँडोभन्दा चाँडो संसद्‌‌मा पेस गर्न आग्रह गर्ने निर्णय गरेको छ। विचाराधीन विधेयक यसै अधिवेशनमा पारित गर्न सबै दलहरूमा आग्रह गर्ने निर्णय भएको लेखकले बताए। 

सभापति देउवाले संसद्लाई प्रभावकारी बनाउन सांसदले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएको प्रमुख सचेतक लेखकले जानकारी दिएका छन्। 

प्रकाशित: Feb 02, 2024| 16:31 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्