शुक्रबार, असार १२, २०८३

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०
National life
Shivam cement

काठमाडौं- रोमानिया पठाइदिन्छु भन्दै नगद रु एक लाख ५० हजार ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका–७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

जगतले एक जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक रु ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ समाखुशीबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।

प्रकाशित: Feb 02, 2024| 17:10 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्