मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विनोद चौधरीले भने - सरकारले प्रतिशोध साँध्यो, लगानीको वातावरण बिथोलियो 

विनोद चौधरीले भने - सरकारले प्रतिशोध साँध्यो, लगानीको वातावरण बिथोलियो 

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

National life
kumari

काठमाडौं- बाँसबारी जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई समातेपछि नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रतिशोध साँधेको बताएका छन्। 

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सरकारले उद्योगी व्यवसायीलाई तर्साएर लगानीको वातावरण बिथोलेसमेत आरोप लगाएका छन्। बाँसबारी जुत्ता छाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरेका छन्। 

प्रहरीले बाँसबारी जग्गा प्रकरणमा अनियमितता भएको गरेको आरोपमा बिहीबार अरुण चौधरीलाई पक्राउ गरेको हो। उनले धेरै अघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए। ‘लगानी सम्मलेन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ,’ उनले भने।

प्रकाशित: Feb 02, 2024| 16:25 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्