मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं महानगरले वर्गीकरण गरेको फोहरमात्र व्यवस्थापन गर्ने

काठमाडौं महानगरले वर्गीकरण गरेको फोहरमात्र व्यवस्थापन गर्ने

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले फोहरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ।

National life

अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ। केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ।

कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुनः उक्त प्रक्रिया सुरु गर्न लागिएको हो।

वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने बन्चरेडाँडामा पनि स्थान पहिचानको काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए। फोहर वर्गीकरणसँगै कामपाले वर्गीकरण गर्दा निस्किएका पुनः प्रयोग गर्न सकिने फोहरजन्य सामग्री बिक्रीको प्रबन्ध गरिने पनि महानगरले जनाएको छ। श्रेष्ठका अनुसार स्रोतमा नै फोहरको वर्गीकरण गर्नुको फाइदा र आवश्यकताका बारेमा पहिलो चरणमा नगरवासीलाई जानकारी गराइने बताइएको छ।

कसरी गर्ने फोहर वर्गीकरण?
भान्छामा कुहिने र नकुहिने गरी दुई खालको फोहर जम्मा हुन्छ। कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो। नकुहिने फोहर उत्पादक आफँैले बेच्न सक्छन्। कुहिने फोहर उत्पादकले नै मल बनाउन सकिन्छ। मल बनाउन सकिएन भने कामपाबाट फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ।

kumari

तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पात कुहिने फोहर हुन्। यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहर हुन्।

यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्याद नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपीइ), पञ्जा, फुटेका सिसा, घरआँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा सङ्कलन हुन्छ। हिजोआज सहरी क्षेत्रमा सेनेटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ।

यस्तो फोहर कुहिने र नकुहिने भाँडामा नराखी अर्को छुट्टैमा राख्नुपर्छ। फोहरलाई आवश्यकता हेरी छुट्टाछुट्टै भाँडामा राख्नु वर्गीकरण हो। वर्गीकरणका फोहर व्यवस्थापन गर्न विभागले सोहीअनुसारको गाडीको व्यवस्था गरिरहेको छ।

प्रकाशित: Feb 02, 2024| 20:02 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्