सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाँसबारी जग्गा प्रकरणमा परेका चौधरीमाथि कीर्ते कागज र ठगीको कारबाही हुने

बाँसबारी जग्गा प्रकरणमा परेका चौधरीमाथि कीर्ते कागज र ठगीको कारबाही हुने

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउनेहरूमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले कीर्ते कागज र ठगीअन्तर्गत कारबाही अघि बढाउने भएको छ।

National life

सिआइबीले सरकारी जग्गा हडपेको आरोपमा बिहीबार व्यापारी अरूणकुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो। शुक्रबार पत्रकार सम्मेलन गर्दै सिआइबीले चौधरी, कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि, सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई कीर्ते कागज र ठगीअन्तर्गत कारबाही गरिने बताएको छ।

उनीहरूमाथि छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारी निर्णयबिना नै व्यक्तिका नाममा दर्ता गरेको आरोप छ।

तीन महिना लामो अनुसन्धानपछि यो प्रकरणमा तीन जनालाई पक्राउ गरेको सीआईबीले बताएको छ। सीआईबीका अनुसार थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्धन सम्झौता भएको थियो।

सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छाला जुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ । चौधरी समूहले ८ लाख मात्र लगानी गर्‍यो भने सर्वसाधरणको शेयर नै खुलाइएन ।

Laxmi sunrise bank
kumari

सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ।

प्रकाशित: Feb 02, 2024| 15:03 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्