सोमबार, मंसिर २९, २०८२

आगलागीमा परी स्कटल्यान्डमा दुई नेपालीको मृत्यु

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ।

National life

एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो। 

छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तलामा रहेका उनीहरु आत्तिँदै भुइँ तलामा झर्दा धुवाँको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जनाएका छन्।

सुवेदी दिदीबहिनी पोखरा विश्वविद्यालयका पूर्वप्राध्यापक डा. यज्ञराज सुवेदीका छोरीहरू हुन्। सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको छ।

प्रकाशित: Feb 02, 2024| 07:27 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्