आइतबार, भदौ १४, २०८३

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीलाई ४ दिन हिरासतमा अनुमति

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

काठमाडौं- बाँसबारीको सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा लगेको आरोपमा पक्राउ परेका अरूण चौधरी र अजित नारायण सिंह थापालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई बिहीबार साँझ चार दिन थुनामा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।  सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरूलाई चार दिन थुनामा राख्न अनुमति मागेको थियो। त्यसअनुसार नै अदालतले अनुमति दिएको हो।  सरकारी जग्गा हडपेको आरोपमा सिआइबीले तीन जनालाई पक्राउ गरेको छ।  बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुर पनि सिआइबीको नियन्त्रणमा छन्। उनीसँग सिआइबीले सोधपुछ गरिरहेको छ। उनलाई अदालत पेश गरेको छैन।  पक्राउ परेकाहरूमाथि सिआइबीले ठगी तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको हो।  वि.सं २०४२ सालदेखि बाँसबारीको सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू भएको स्रोत बताउँछ। त्यसरी पटकपटक गरी १० रोपनी जग्गा कीर्ते गरी आफूहरूको नाममा सारेको खुलेको हो।

प्रकाशित: Feb 01, 2024| 17:49 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्