सोमबार, मंसिर २९, २०८२

मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड

२५ वर्ष हिलो र धुलो खपेपछि निर्णायक आन्दोलनको तयारी

ढुंगा र जस्तापाताको छानोभरि धुलैधुलो छ। दसैं तिहारमा रङरोगन हुने यी घर अहिले सेताम्मे देखिन्छन्। धोएर सुकाएका कपडा धुलोले लगाउनै नहुने हुन्छन्। 
 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

बागलुङ- मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन्। धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नं ५ र ६ मा पर्ने बिहुँ गाउँका घर/गोठ छुट्याउनै कठिन हुन्छ। 

National life

ढुङ्गा र जस्तापाताको छानोभरि धुलैधुलो छ। दसैँ तिहारमा रङरोगन हुने यी घर अहिले सेताम्मे देखिन्छन्। धोएर सुकाएका कपडा धुलोले लगाउनै नहुने हुन्छन्। 

सदरमुकाम बागलुङ बजारसँग जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने गरी २०५६ सालमा बागलुङ–बुर्तिबाङ सडक निर्माणसँगै बिहुँवासीको यो नियती सुरु भएको हो। पहिले एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको सडक गैँची र बेल्चाको सहारामा तयार भएको हो। भिरालो जमिनमा सडक खन्दा निस्केको माटो बगाउँदा उडेको धुलोले छोपिएका घर अहिले सवारी कुद्दा उडेको धुलोले छोपिने गरेका छन्।

‘खाना पस्केर केही बेर छोड्ने हो भने धुलोले खानै नहुने हुन्छ, अरु दुःखका के कुरा गर्नु र’, स्थानीय डिलप्रसाद सापकोटाले गुनासो गरे, ‘एक दुई दिन भए पो सहनु, २५ वर्ष भयो।’ सुरुआतमा कृषि सडकका रुपमा निर्माण भएको सडक मध्यपहाडीको रेखाङ्कन भएपछि स्तरोन्नति भएको थियो। मध्यपहाडी नामकरण भएपछि कालोपत्रको काम थालेको झण्डै दश वर्ष बिते पनि धुलोको समस्या भने ज्यूँका त्यूँ छ। खाल्डैखाल्डा भएको सडकमा गाडी गुड्दा धुलोको मुस्लो निस्किन्छ। सडक वरपरका रुख धुलाम्ये छन्। सडक फराकिलो बनाउन कतै पहाड खनिएको छ भने कतै माटो भरिएको छ। 

यस सडकमा कालोपत्र सुरु भएको नौ वर्षसम्म आधा पनि काम सकिएको छैन। राजमार्ग वरपरका सर्वसाधारण निसास्सिएका छन्। निर्माण कम्पनीको चरम लापर्वाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखेपछि यहाँका स्थानीय निरन्तर आन्दोलित बन्दै आएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ।

Laxmi sunrise bank
kumari

बाह्र किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुनः ठेक्का आह्वान गर्ने तयारीमा आयोजना रहे पनि ढिलाइ भएको भन्दै स्थानीय आक्रोशित छन्। ‘सहनु पनि कति सहनु, अब त वार कि पारको आन्दोलन थाल्छौँ’, स्थानीय डिलप्रसाद कँडेल भन्छन्, ‘हाम्रो गाउँको एउटा पुस्ता नै धुलोमा निसास्सिएर जीवन बिताउनु पर्ने अवस्था आयो।’ पुनः ठेक्काको माग गर्दै स्थानीयले लोकमार्ग भएर आउने सवारीसाधन पटक–पटक ठप्प पार्दै आएका छन्। ठेक्का रद्द गरेर पुन ठेक्काका लागि आयोजनाले दुई महिना अघिनै काम थाले पनि अर्थमन्त्रालयमा फाइल रोकिएको आयोजना कार्यालयले जनाएको छ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये २५ किलोमिटर सडकखण्ड कालोपत्रे हुन बाँकी छ। समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौर देखि घोडाबाँधेसम्मको २५ किमि सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीमध्ये बिहुँ खण्डको कम्पनीसँग दुई महिनाअघि ठेक्का सम्झौता रद्द गरिएको थियो। बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता मिति सकिएको छ। रद्द भएपछि पुनः ठेक्का लागि अर्थ मन्त्रालयमा पठाइए पनि ढिलाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय  पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिए।

दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएको कम्पनीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म कालोपत्रको काम नगर्दा बिहुँका स्थानीयले निरन्तर दबाबमूलक काम गर्दै आएका छन्। हिउँदमा धुलो र बर्सातमा हिलोको समस्या यो खण्डमा उस्तै छ। 

सडकको धुलो सहन नसकेको भन्दै स्थानीयले यही माघ २१ गतेदेखि सडकमा सवारी चल्न नदिने गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन्। काठेखोला गाउँपालिकानै आन्दोलनमा होमिएको छ। ‘उपल्लो खण्डको छिटो ठेक्का लगाउने र तल्लो खण्डमा म्याद थपेर छिटो काम सक्न दबाब दिन हामीले आन्दोलन नै गर्नुपर्ने अवस्था आयो’, गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले भने, ‘हाम्रा जनताले दुःख पाएको हामीले कतिञ्जेल हेरेर बस्न सक्छौँ। आफैँले गर्न सम्भव छैन, दबाबका लागि आन्दोलन थाल्ने भनेका छौँ।’ सडककै सकसका कारण चालु आर्थिक वर्ष सुरु भएपछि बिहुँबाट २६ परिवार बसाइ सरेका छन्।   -रासस

प्रकाशित: Feb 02, 2024| 09:22 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्