मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीतिक परिवर्तनका लागि मिलेका शक्तिहरु एक ठाउँमा आउनुपर्छ : प्रकाशमान सिंह 

राजनीतिक परिवर्तनका लागि मिलेका शक्तिहरु एक ठाउँमा आउनुपर्छ : प्रकाशमान सिंह 

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

काठमाडौं- नेपाली कांग्रेस का नेता प्रकाशमान सिंहले राजनीतिक परिवर्तनका लागि मिलेर काम गरेका शक्तिहरु मिल्न नसके आगामी दिन सहज हुन नसक्ने बताएका छन्। राजनीतिक परिवर्तनकारी राजनीतिक शक्तिहरु मिलेर नै राजनीति परिवर्तनलाई संस्थागत गर्नु पर्ने नेता सिंहले बताए।

National life

नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस कार्यक्रमका क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका कामा आयोजित स्थानीय निकायका जनप्रतिनिधिहरु सितको भेटघाट तथा अन्तरक्रिया का क्रममा उनले राजनीतिक आन्दोलन मिलेर नै सफल भएकाले यसको सम्बर्द्धन र संस्थागत गर्न लागि पनि मिल्नुको विकल्प नरहेको बताएका हुन्।

नेता सिंहले स्थानीय तहलाई प्रभावकारी बनाउन आवश्यक कानुन अभाव रहेकोले अहिले व्यवस्था र दलहरुप्रति अविश्वास बढेको बताएका छन्। उनले भने, 'तीनै तहका सरकारको अधिकार बाडफाँटका लागि कानुन निर्माणमा ढिलाई  भएकाले प्रश्‍न उठ्नु स्वभाविक देखिन्छ। संविधान निर्माणका बेला गाउँ-गाउँमा सिंहदरबार भन्‍ने नारा अनुसारको काम जनताले अपेक्षा गरे पनि काम नभपछि जनतामा निराशा छाउनु स्वभावि देखिन्छ।' 

नेता सिंहले अब संसदमा रहेका सबै राजनीति दलहरुले आवश्यक कानुन बनाउन एकताबद्ध भएर काम गर्नपर्ने समेत बताएका छन्। भने, 'कानु बनाएर काम गर्ने वातावरण नभएपछि व्यवस्थाप्रति प्रश्‍न उठाउन थालिएकाले यस्तर्फ सबै  संसदमा रहेका राजनीतिक दल जिम्मेवार बन्‍नुपर्ने उनको भनाइ छ। 

आज नै हेटौंडा असपतालका डाक्टरहरुले नेता सिहसँग भेट गर्दै जनशक्ति अभावले प्रभावकारी सेवा प्रदान गर्न नसकिएको गुनासो गर्नुका साथै सहज रुपमा सेवा प्रवाहको वातावरण मिलाई दिन पहल गर्न समेत आग्रह गरेका छन्। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 01, 2024| 16:30 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्