आइतबार, भदौ १४, २०८३

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मुख्यमन्त्री पक्राउ

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

काठमाडौं- भारतको झारखण्ड प्रदेशका मुख्यमन्त्री हेमन्त सुरेन पक्राउ परेका छन्। भारतको सुशासनसँग सम्बन्धित प्रवर्तन निर्देशनालय (ईडी)ले बुधबार मुख्यमन्त्री सुरेनलाई पक्राउ गरेको हो।

सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भू-माफियालाई साथ दिएको आरोपमा उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले बुधबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि चम्पाई सोरेन झारखण्डका मुख्यमन्त्री नियुक्त भएका छन्।

इडीका अधिकारीहरूले नयाँ दिल्लीस्थित हेमन्त सोरेनको घरबाट ३६ लाख नगद र बिएमडब्लु कार बरामद गरेको छ। उनको घरबाट विभिन्न दस्तावेजसमेत बरामद भएपछि पक्राउ गरिएको एनडिटिभीले जनाएको छ।

यो प्रकरणमा ६ सय करोड घोटाला भएको अनुमान छ भने १४ जना यसअघि नै पक्राउ परिसकेका छन्।

प्रकाशित: Feb 01, 2024| 16:26 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्