आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाँसबारी छाला जुत्ता कारखानाका सञ्‍चालक समिति अध्यक्ष ठाकुर पक्राउ 

बाँसबारी छाला जुत्ता कारखानाका सञ्‍चालक समिति अध्यक्ष ठाकुर पक्राउ 

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

काठमाडौं- बाँसबारीको सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा आएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको स्रोतले बतायो। पक्राउ पर्नेमा बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुर छन्।

उनलाई सिआइबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। त्यसअघि सिआइबीको टोलीले व्यवसायी अरूण चौधरीलाई पक्राउ गरेको थियो। त्यस्तै कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालई पनि प्रहरीले पक्राउ गरेको छ। 

उनीहरूलाई प्रहरीले ठगी र किर्ते कसुरमा म्याद थप गर्न सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालत लग्ने तयारी गरिरहेको छ।

वि.सं २०४२ सालदेखि बाँसबारीको सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू भएको स्रोत बताउँछ। त्यसरी पटकपटक गरी १० रोपनी जग्गा किर्ते गरी आफूहरूको नाममा सारेको खुलेको हो।  

प्रकाशित: Feb 01, 2024| 16:23 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्