मंगलबार, पुस १, २०८२

तनहुँमा लेबलबिना खुला मिठाई बेच्न निषेध

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले ‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक लगाएको छ। 

National life

काठमाडौँका पेटी, हाटबजार, मेलालगायतमा खुलारूपमा बिक्री हुँदै आएको रंगीन कटन क्यान्डी (चिनीमा रङ मिसाइ रेसा गरी बनाइएको भुवादार मिठाई)मा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडमाइन बी’ प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार तनहुँ क्षेत्रमा समेत कटन क्यान्डी बिक्री हुनसक्ने भन्दै रोक लगाएको हो। 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज अधिकारीद्वारा जारी विज्ञप्तिमा प्याक नगरिएको र लेवलसमेत नराखी बजारमा बिक्री गरिएको रंगीन कटन क्यान्डी नखान सबैमा आग्रह गरिएको छ।

सहायक प्रजिअ अधिकारीले उपभोक्ता हितविपरीतका कार्यलाई निरुत्साहित गर्न स्वयं उपभोक्तासमेत सचेत बन्नुपर्नेमा जोड दिए। 

तनहुँका मुख्य बजार दमौली, दुलेगौँडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भिमादलगायत क्षेत्रमा बिना लेवल र प्याक नगरी खुलारूपमा रंगीन कटन क्यान्डी बिक्री गरिँदै आएको र जिल्ला प्रशासन कार्यालयको बिक्री नगर्न सूचना जारी गर्नु प्रभावकारी निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्च तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताए। 

Laxmi sunrise bank
kumari

उपभोक्ता हितविपरीतको कार्यलाई सामान्य ठान्न नसकिने र स्वयं उपभोक्ता पनि सचेत बन्नुपर्ने अध्यक्ष भट्टराईले बताए।

प्रकाशित: Feb 01, 2024| 20:21 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्