आइतबार, भदौ १४, २०८३

नेपाललाई दिने आर्थिक सहायता बढायो भारतले

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

काठमाडौं- छिमेकी देश भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४-२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरिएको उल्लेख छ।

भातरले नेपाललाई यो वर्ष सात अर्ब भारतीय रुपैयाँ (११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ। यो सम्पूर्ण रकम अनुदान सहयोगमार्फत उपलब्ध गराइनेछ। अघिल्लो आर्थिक वर्ष २०२३-२४ को बजेटमा भारतले नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको थियो।

भारतले चालु आर्थिक वर्षमा अफगानिस्तानलाई दुई अर्ब, बंगलादेशलाई एक अर्ब २० करोड, श्रीलंकालाई ७५ करोड र माल्दिभ्सलाई ६ अर्ब भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

प्रकाशित: Feb 01, 2024| 15:40 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्