आइतबार, भदौ १४, २०८३

चिसो छल्न बेँसी झर्दा वन्यजन्तुलाई ज्यानको जोखिम

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

बाजुरा- वर्षासँगै हिमपात हुन थालेपछि लेकाली भेगबाट चिसोबाट बच्नका लागि बैँसी झर्ने जङ्गली जनावरको चोरी सिकारी बढ्ने भएको छ। हिमपात भएपछि चिसो छल्न बेँसी आउने हरिण, मृग रतुवालगायतका जनावरको चोरी सिकारी बढ्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ। 

वनजङ्गलमा रहेका वन्यजन्तुको स्थानीयले भाला, बन्दुक प्रयोग गरेर उनीहरुको चोरी सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताए। 

अयडीले वन्यजन्तुको चोरी सिकारी रोक्न डिभिजन वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा वन्यजन्तु चोरी सिकारी रोक्ने बताउनुभयो। चोरी सिकारीका घटना भएको पाइएमा वन ऐनअनुसार कारबाही गरिने उनले बताए। 

प्रकाशित: Feb 01, 2024| 19:21 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्