आइतबार, भदौ १४, २०८३

व्यवसायी अरुण चौधरी सीआईबीको नियन्त्रणमा

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उद्योगी-व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ। उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न बिहीबार दिउँसो पक्राउ गरिएको हो।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले नियमविपरीत निजी सम्पत्ति बनाएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

अरुण देशकै ठूलोमध्येको औद्योगिक-व्यापारिक घराना चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्।

 

 

प्रकाशित: Feb 01, 2024| 13:44 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्