आइतबार, भदौ १४, २०८३

मेलम्चीसहित २१ वटा आयोजनामा रास्वपाले दबाब यात्रा गर्ने

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ। रास्वपाले मेलम्चीसहित आयोजनाहरू अलपत्र रहेको भन्दै निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेको हो।

यही माघ २१ गते सभापति रवि लामिछानेले दबाब यात्रा सुरूवात गर्नेछन्। त्यस दिन मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा हुने रास्वपाले जनाएको छ। सातै प्रदेशमा तीन वटाका दरले आयोजनाहरूमा दबाब यात्रा हुनेछ। त्यसका लागि सांसदहरूलाई जिम्मेवारी दिइएको छ।

सभापति लामिछानेसहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्। उपसभापति डिपी अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरोन्नति योजनामा दबाब यात्रा गर्ने भएका छन्।

रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो। लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर दबाब यात्रा गर्न लागिएको रास्वपाले जनाएको छ।

यस्तो छ दबाब यात्रा तालिका

प्रकाशित: Feb 01, 2024| 11:27 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्