भक्तपुरको सूर्यविनायक-५ स्थित कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका एक बालकको उद्धार गरिएको छ। करिब एक घण्टामा उनको सकुशल उद्धार गरिएको हो।
खेल्ने क्रममा २ वर्षीय बालक सजिन भुजेल उक्त खाल्डोमा साँझ करिब ५ बजे खसेपछि स्थानीय आतंकित बनेका थिए। करिब १५ फिट गहिरो खाडलबाट बच्चा निकाल्न स्थानीयले नसकेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी र आरएनए १६ का उद्धारकर्ताले स्थानीयको सहयोगमा बच्चालाई उद्धार गर्न सफल भएका छन्।
मिति २०८०/१०/१६ बेलुका भक्तपुर न.पा. ५ कटुन्जे भैरब मन्दिर नजिक बोरिङको लागि खनेको अं. १५ फिट गहिरो खाल्डोमा खस्नपुगेका २ वर्षिय बालकलाई स्थानीयवासीहरू, RNA16 र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।#NepalPolice #ToServeandProtect pic.twitter.com/2aEpkJ0KDO
— Nepal Police (@NepalPoliceHQ) January 31, 2024