आइतबार, भदौ १४, २०८३

इन्द्रावती आयोजनाको काम सुरु

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

सिन्धुपाञ्चोक- नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनःसुरु भएको छ।

विसं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनःनिर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिए।

उनका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको हो।

विद्युत् विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कूललागत एक सय १० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिए।

चार दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाइ तीन हजार तीन सय मिटर रहेको आयोजनाले जनाएको छ।

मेलम्ची नगरपालिकामा निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैंकसँग ऋण सम्झौता भएको पाण्डेले बताए।

प्रकाशित: Feb 01, 2024| 12:55 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्