आइतबार, भदौ १४, २०८३

सर्लाहीमा युवती मृत फेला, पति र ससुरा फरार

 |  बिहीबार, माघ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १८, २०८०

सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन्।

मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ। मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको छ।

घटना हुनुअघि घरमा विवाद भएको छिमेकीले प्रहरीलाई बताएका छन्। घटना अनुसन्धानका लागि मृतककी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: Feb 01, 2024| 09:31 बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्