शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अवैध रुपमा जाजरकोट पुगेकी चिनियाँ महिला डिपोर्ट, हातपात गर्नेलाई स्पष्टीकरण

अवैध रुपमा जाजरकोट पुगेकी चिनियाँ महिला डिपोर्ट, हातपात गर्नेलाई स्पष्टीकरण

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौं- जाजरकोटमा अवैरुपमा बसेकी चिनियाँ महिलालाई डिपोर्ट गरिएको छ। उनी जाजरकोटमा गएको भूकम्प प्रभावितहरुलाई राहत विवरणका लागि उनी त्यहाँ पुगेको र विवादका कारण कुटपिटमा परेकी थिइन्। 

National life

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट (नेपालबाट निष्कासनको निर्णय) गरेको हो।अध्यागमन विभागले उनलाई १५ हजार रुपैयाँ जरिवाना समेत गरेर छाडेको पुष्टि भएको छ । 

गत मंसिर २८ गते अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले गृह मन्त्रालयलाई पत्राचार गर्दै सोउ सिच्याङ भिसा अवधिभन्दा बढी नेपाल बसेको पाइएकाले  अध्यागमन ऐन, २०४० को दफा १० (४) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरेका थिए। सोही ऐनको दफा ९ (१) र ९ (१क) ले गरेको व्यवस्था तथा अध्यागमन कार्यविधि २०६५ को दफा ६ (३) देहायको २ (१० ) बमोजिम उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नको लागि समेत निर्णयार्थ पेस गरेका थिए। 

सोहीअनुसार गृह मन्त्रालयले निष्काशनसम्बन्धी निर्णय गरेको थियो। मन्त्रालयकी शाखा अधिकृत रिनु थपलियाले अध्यागमनलाई पुस २ मा पठाएको पत्रमा भनिएको छ, ‘त्यहाँ विभागको चलानी नम्बर ७९२ मिति २०८०।०८।२८ को पत्र साथ प्राप्त फाइल अनुसार भिसा नियमित नगरी ओभरस्टे भएका देहायका विदेशी नागरिकलाई अध्यागमन ऐन, २०४९ को दफा ९ तथा अध्यागमन कार्यविधि २०६५ को दफा ६.३(२) देहायको (१०) बमोजिम यस भिसा वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न २०८०।०९।०२ मा (नि. सचिवस्तरीय) निर्णय भएकोले उक्त निर्णयको सक्कलै फाइल आवश्यक कार्यार्थ फिर्ता पठाएको व्यहोरा अनुरोध छ।’

गत मंसिर २० मा ती चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई पार्टीले स्पष्टीकरण समेत सोधेको थियो।  

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 31, 2024| 17:03 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्