शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • हेटौंडा आन्तरिक राजस्व कार्यालयले ६ महिनामा उठायो ३ अर्ब राजस्व

हेटौंडा आन्तरिक राजस्व कार्यालयले ६ महिनामा उठायो ३ अर्ब राजस्व

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

बागमती- हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत ६ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ।

National life

कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब १४ करोड ३० लाख ९५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ९३ करोड ११ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन भएको जनाइएको छ। 

उक्त कार्यालयले चालु आर्थिक वर्षमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

कार्यालयबाट प्राप्त विवरणअनुसार विगत ६ महिनामा आयकरतर्फ ४८ करोड ८६ लाख ६७ हजार रूपैयाँ, घरभाडा करतर्फ ७८ लाख ९२ हजार रूपैयाँ, ब्याज करतर्फ चार करोड पाँचलाख ८१ हजार रूपैयाँ, आन्तरिक करतर्फ ४९ करोड नब्बे लाख ६८ हजार रूपैयाँ, अन्तःशुल्क करतर्फ एक अर्ब ६१ करोड ४८ लाख २७ हजार रूपैयाँ तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड एक लाख ४१ हजार रूपैयाँ राजस्व संकलन भएको जनाएको छ।

विगत ६ महिनामा ३२ हजार एक सय ८६ करदातामध्ये १२ हजार सात सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ। आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार ७०५ जना रहेका बताइएको छ। 

Laxmi sunrise bank
kumari

बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार/व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व संकलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन्।

प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व संकलन लक्ष्यको तुलनामा कम भएको बताउँछन्। कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात अर्ब ५० करोड ३९ लाख ४२ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा छ अर्ब ६० करोड ८८ लाख २२ हजार रूपैयाँ संकलन गरेको थियो। गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको थियो। 

प्रकाशित: Jan 31, 2024| 19:21 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्