मंगलबार, चैत २४, २०८२

इजरायल-गाजा युद्ध 

युद्धले चुँड्यो १९ हजार बालबालिकाका अभिभावक 

हान्‍नाले छोरीको नामसमेत राख्‍न नपाइ इजराली आक्रमणमा मारिन्। एक महिने बालिकालाई आमाकै नामले बोलाउँछन् नर्स।
 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौं- गाजामा युद्धको भयावह स्थितिको बीचमा जन्मिएर इन्क्युबेटरमा सुतेकी बालिकालाई उनका आमाबाबुको अँगालो अब कहिल्यै पाउने छैनन्। 

National life

उनकी आमा हन्‍ना इजरायली हवाई हमलामा मारिएपछि उनको सिजेरियन सेक्शनबाट जन्म भएको थियो। उनकी आमा हन्‍नाले आफ्नी छोरीको नाम राख्‍नसमेत पाइनन्। 

'हामी उनलाई हन्‍ना अबु अम्शाकी छोरी मात्र भन्छौं,' मध्य गाजाको देर अल-बालाहको अल-अक्सा अस्पतालमा नवजात शिशुको हेरचाह गरिरहेकी नर्स वार्डा अल-अवदा भन्छिन्।

इजरायल-गाजाबीच युद्ध जारी रहँदा बालिबालिका अनाथ बनेका छन्। परिवारका सदस्यहरु मारिएका छन् भने केही विस्थापित भएका छन्। चिकित्सकहरू र उद्धारकर्ताहरू प्रायः शोक सन्तप्त बच्चाहरूको हेरचाहकर्ताहरू खोज्‍न संघर्ष गरिरहेका छन्। 

'हामीले उनको परिवारसँग सम्पर्क गुमाएका छौं,' नर्सले भनिन्, 'उनका आफन्तहरू मध्ये कोही पनि सम्पर्कमा छैनन् र उनको बुबालाई के भयो भन्‍नेसमेत हामीलाई थाहा छैन।'

kumari

गाजाको २३ लाख जनसंख्याको झण्डै आधा हिस्सा ओगटेका बालबालिकाको जीवन क्रूर युद्धले चकनाचुर पारेको छ।

इजरायलले ठाउँ खाली गर्न आदेश जारी गर्ने लगायतका नागरिकलाई हताहतिबाट बच्‍न पूर्वसावधानी सूचना जारी गरेको बताए पनि प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार ११,५०० भन्दा कम उमेरका बालबालिकाको मृत्यु भएको छ। 

यूरो-मेडिटेरेनियन मानव अधिकार मनिटरको रिपोर्ट अनुसार २४ हजारभन्दा बढी बालबालिकाले आमा-बुबामध्ये दुबैजना अथवा दुवै गुमाएका छन्। केवल १० वर्षका इब्राहिम अबु मुसको घरमा मिसाइल प्रहार हुँदा उनको खुट्टा र पेटमा गम्भीर चोट लागेको थियो। उनी आफ्नो चोट भन्दा पनि आफन्त; आमा, हजुरबुबा र बहिनी गुमाएकोमा बढी स्तब्ध छन्। 

'उनीहरूले मलाई अस्पतालमा माथिल्लो तलामा उपचार भइरहेको बताइरहन्थे,' इब्राहिमले आफ्नो बुबाको हात समात्दै भन्छन्, 'तर मैले बुबाको फोनमा फोटोहरू हेर्दा सत्यता थाहा पाएँ। म यति धेरै रोएँ।'

अल-बुरेज शरणार्थी शिविरमा बस्‍ने अबेद हुसेन भन्छन्, 'मिसाइल मेरी आमाको काखमा खस्यो र उनको शरीर टुक्रा-टुक्रा भयो। केही दिनसम्म हामीले घरको भग्नावशेषबाट उनको शरीरका अंगहरू निकालिरहेका थियौं।'

'जब उनीहरूले मेरो भाइ, काका र मेरो सम्पूर्ण परिवारलाई मारिएको कुरा भने, मलाई मुटुबाट आगोले जलेर रगत बगेको जस्तो महसुस भयो।'

अबेद एक झोला समातेर रातमा रोइरहन्छन्। इजरायली गोलाबारीको आवाजबाट उनी अहिले पनि डराउने गरेका छन्।  'मेरो आमा बुवा जिउँदै भएको भएँ म उहाँहरुको काखमा निदाउँथे। उहाँहरु मारिएपछि म सुत्‍न सकेको छैन,' अबेदले भने। 

आबेद र उनका दुई जीवित भाइबहिनीहरूलाई उनकी हजुरआमाले हेरचाह गरिरहेकी छन्। तर, स्वास फेर्नेबाहेक उनीहरुको दैनिक जीवन भने सहज छैन। अबेदकी हजुरआमाले भनिन्, 'खाना र पानी छैन। मलाई समुद्रको पानी पिएर पेट दुखेको छ।' 

रोटी बनाउन पीठो ल्याउन जाँदा किन्जा हुसैनका बुबाको हत्या भएको थियो  उनी मिसाइल आक्रमणमा मारिएपछि गाड्नको लागि घर ल्याइएको उनको शव हेर्दा उनी मुर्छा परेकी थिइन्। उनले सम्झिइन्, 'बुबाको आँखा थिएनन्, र जिब्रो काटिएको थियो। अब हामी मात्र युद्ध समाप्त होस् भन्ने चाहन्छौं।' 

बाँचेका गाजाबासीहरु आफन्तको गुमाएको पीर त छँदैछ, आफू नै कति दिन बाँच्‍ने भन्‍ने कुराले पिरोलिएका छन्। उनीहरुको जीवनका आधारभूत कुराहरूको लागि सहायताको आशामा छन्। संयुक्त राष्ट्रको तथ्यांक अनुसार, लगभग १.७ मिलियन मानिसहरू विस्थापित भएका छन्, धेरैले सुरक्षाको खोजीमा बारम्बार देश छोड्न बाध्य छन्।

तर संयुक्त राष्ट्रको बाल एजेन्सी, युनिसेफले आफ्नो सबैभन्दा ठूलो चिन्ता करिब १९ हजार बालबालिकाको लागि रहेको छ, जो अनाथ छन् वा उनीहरूको हेरचाह गर्न कुनै मानिस छैनन्। 

युनिसेफ प्यालेस्टाइनका लागि सञ्चार प्रमुख जोनाथन क्रिकले दक्षिणी गाजाको रफाहबाट भने, 'यीमध्ये धेरै बालबालिकाहरू भग्नावशेषमुनि फेला परेका छन्, केही आफ्नो घरमा भएको बम विस्फोटमा आफ्ना आमाबुबा गुमाएका छन् भने कोही इजरायली चौकीहरू, अस्पतालहरू र सडकहरूमा फेला परेका छन्।

'सबैभन्दा कम उमेरका शिशु तथा बालबालिकाहरु प्रायः आफ्नो नाम भन्‍न सक्दैनन् र केही बढी उमेरका पनि प्रायः स्तब्ध छन्। त्यसैले तिनीहरूलाई पहिचान गर्न र उनीहरूको विस्थापित परिवारसँग सम्भावित रूपमा पुन: संगठित गर्न अत्यन्तै गाह्रो हुन सक्छ।'

क्रिक भन्छन्, 'उनीहरू प्रायः अत्यन्तै डरलाग्दो अवस्थामा पनि हुन्छन् भन्‍ने कुरा ख्याल गरौं। उनीहरूको हेरचाह त्यही सहज छैन। युद्ध सुरु भएदेखि नै युनिसेफसँग काम गर्ने स्थानीय गैर-नाफामुखी संस्था एसओएस चिल्ड्रेन्स भिलेजले १० वर्ष मुनिका ५५ बालबालिकालाई हेरचाहका लागि लिएको बताएको छ। यसले मनोवैज्ञानिक मद्दत प्रदान गर्न रफाहमा थप विशेषज्ञ कर्मचारीहरू नियुक्त गरेको छ।

युनिसेफले गाजाका लगभग सबै बालबालिकालाई मानसिक स्वास्थ्योपचारको खाँचो रहेको जनाएको छ। दिगो युद्धविराम हुँदा पनि अवोध बालबालिकाहरुले सामना गर्ने समस्या भने निकै डरलाग्दो हुनसक्ने विज्ञहरुले बताएका छन्। - बीबीसी
 

प्रकाशित: Jan 31, 2024| 16:07 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्