आइतबार, भदौ १४, २०८३

संविधानमा लेखिएको अधिकार प्रदेशलाई दिनुपर्छ : विमलेन्द्र निधी 

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सबै प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन्।

‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रूपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा निधिले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताए।

उनले संविधानमा लेखिएका अधिकार प्रदेशलाई दिएर अधिकारसम्पन्न बनाउनुपर्ने बताए। निधिले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरू सम्पन्न गर्न प्रधानमन्त्रीलाई भेटेर सुझाव दिएको पनि बताए।

रूपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा हुनुपर्ने उनको भनाइ छ। उनले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: Jan 31, 2024| 13:19 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्