शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाका सांसदलाई रविको होमवर्क - नागरिकका मुद्दा र समस्या के हुन्? 

रास्वपाका सांसदलाई रविको होमवर्क - नागरिकका मुद्दा र समस्या के हुन्? 

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौं- संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी हिउँदे अधिवेशनमा तयारीका साथ प्रस्तुत हुनका लागि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।  बैठक शुक्रवार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राखिएको हो। 

National life

कानुन बनाउन अघिल्लो संसद् अधिवेशन प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै रास्वपाले अब भने कार्य योजनासहित दबाब आवश्यक रहेकाले सोहीअनुसार प्रस्तुत हुने तयारी गरेको हो। जसअनुसार सभापति रवि लामिछानेले प्रभावकारी कार्य योजना बनाउन आफ्ना सांसदहरूलाई तीन बुँदे लिखित प्रश्न पठाएर बैठकअघि 'होमवर्क'दिएका छन्। 

पार्टी प्रवक्ता मुकुल ढकालले तीन बुँदे प्रश्नमाथि छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार पार्टीको वाचापत्रमा उठाएका मुद्दा र अधिवेशनमा बन्नुपर्ने कानुनबिच कसरी तालमेल ल्याउन सकिन्छ भन्ने विषयमाथि बैठकमा छलफल हुनेछ। 

‘सभापतिले सबै सांसदलाई प्रश्न सोधेर पठाउनुभएको छ। त्यो प्रश्नको उत्तर लिएर आउन सबैलाई निर्देशन दिनुभएको छ। संसदको अधिवेशन माघ २२ बाट सुरु हुँदै छ। संसदको अधिकतम प्रयोग गर्नका लागि विशेष मुद्दा छनोट गर्न कार्य योजना बनाउन आवश्यक छ’, उनले भने, ‘तत्काल कानुन बनाउन प्रभावकारी भूमिका, नागरिकका समस्या समाधान र संसदीय दलको कार्य योजना बनाउन बैठक बोलाइएको हो।’

सांसदलाई सोधिएको प्रश्नको पहिलो नम्बरमा ‘तत्काल बन्नुपर्ने ४० वटा कानुन तपाईँले प्रतिनिधित्व गर्ने समितिमा कुन कुन पर्छन् ? तीमध्ये कुन कुन कानुन प्रक्रियामा छन् ?’ भनेर सोधिएको छ। यसै गरी दोस्रो नम्बरमा ‘बन्नुपर्ने कानुन हाम्रो वाचा पत्रको कुन मुद्दामा सम्बोधन गर्न सकिन्छ ? र तेस्रो नम्बरमा ‘तपाईँले संसदमा उठाउन चाहेका नागरिकका मुद्दा र समस्या के के हुन् ?’ भन्ने प्रश्न सोधिएको छ।  

Laxmi sunrise bank
kumari

अत्यावश्यक कानुन निर्माण, वाचा पत्रमा समावेश भएको मुद्दासँग तालमेल र नागरिकका समस्याका विषयमा फारम भरेर पठाउन सभापति रविले निर्देशन दिएको ढकालले बताए। संसदको हिउँदे अधिवेशन माघ २२ बाट सुरु हुँदै छ। संसदमा रास्वपाका २१ जना सांसद छन्। 

रविले सांसदलाई होमवर्क दिएको प्रश्नको व्यहोराः
माघ २२ गतेबाट सुरु हुने संसद् अधिवेशनमा अधिकतम प्रयोग गर्न विशेष मुद्दा छनोट गर्न कार्य योजना बनाउन आवश्यक छ। कानुन बनाउन अघिल्लो अधिवेशन प्रभावकारी हुन नसकेको पृष्ठभूमिमा कार्य योजना बनाउन दबाब आवश्यक छ। तत्काल बनाउन पर्ने कानुको सूची यसैसाथ समावेश गरिएको छ। यस्तै वाचा पत्रमा उल्लेखित मुद्दा कानुन बनाउन कसरी समावेश गर्न सकिन्छ भन्नेमा निर्णायक पहल गर्नुपर्ने छ। नागरिकले व्यहोर्दै आएका समस्या  समाधान गर्नुपर्नेछ। तसर्थ संसदीय दलको कार्य योजना बनाउनका लागि फारम भर्न लगाइएको छ। 

१. तत्काल बन्नुपर्ने ४० वटा कानुन तपाईँले प्रतिनिधित्व गर्ने समितिमा कुन कुन पर्छन् ? तीमध्ये कुन कुन कानुन प्रक्रियामा छन् ? 

२. बन्नुपर्ने कानुन हाम्रो वाचा पत्रको कुन मुद्दामा सम्बोधन गर्न सकिन्छ ? 

३. तपाईँले संसदमा उठाउन चाहेका नागरिकका मुद्दा र समस्या के के हुन् ? 

प्रकाशित: Jan 31, 2024| 13:12 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्