शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीले भने - पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ

प्रधानमन्त्रीले भने - पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।

National life

कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए। त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ।

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगविना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ। जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ।’

देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ।’

कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको संख्या बढेको भन्दै खुसी व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको देख्न चाहेको बताए।

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री प्रचण्डले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न विश्वविद्यालयलाई सुझाव दिए।

विश्वविद्यालयले हाल विभिन्न प्रदेशहरूमा ८ वटा कृषि संकाय र एउटा वनविज्ञान संकायअन्तर्गतका कलेज र दुई वटा कृषि विज्ञान केन्द्र स्थापना गरी सन्चालनमा ल्याएको छ।

प्रकाशित: Jan 31, 2024| 11:35 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्