शुक्रबार, पुस ४, २०८२

पत्रकार पण्डितको निधन

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ- गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजे उनको निधन भएको हो।

४७ वर्षीय पण्डितलाई आन्द्राको क्यान्सर भएको थियो। तनहुँको भानु नगरपालिका–१२ मा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए। 

प्रकाशित: Jan 31, 2024| 09:40 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्