आइतबार, भदौ १४, २०८३

काठमाडौंमा भिगन महोत्सव हुने

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौँ- पशु अधिकारसम्बन्धी संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन महोत्सव’ गर्ने भएको छ। संस्थाले पत्रकार सम्मेलन गरेर आगामी फागुन १९ गते उक्त महोत्सव हुने जानकारी दिइएको हो।

संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार तथा सामग्रीको प्रदर्शनी गरिने र भिगन सामग्रीको बिक्री वितरणका लागि स्टल पनि राखिने जानकारी दिइन्। महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनीका साथै बालबालिकाका लागि प्रतिस्पर्धात्मक खेल पनि हुनेछ।      

नेपाल होमस्टेका प्रबन्ध निर्देशक विकेश श्रेष्ठले आफूले विगत २२ वर्षदेखि भिगन भएको र वृद्ध हुँदै गएको शरीर झन तन्दुरुस्त रहेको अनुभव सुनाए। भेज तथा भिगन खानाका लागि प्रख्यात रेष्टुराँ उत्पला क्याफेका म्यानेजर दीपक बोहराले उत्पला क्याफेमा ८० प्रतिशत खाना भिगन बन्ने जानकारी दिए।

स्नेहाज कियरले विगत आठ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएको छ। स्नेहाज केयरले पशुपन्छीको उपचार, उद्धार तथा पुनःस्थापना, कुकुरको जनसङ्ख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।
 

प्रकाशित: Jan 31, 2024| 11:16 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्