शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीको प्रशंसा गर्दै विद्याले भनिन् -समकालीन नेताहरूमा सर्वाधिक प्रतिभाशाली 

ओलीको प्रशंसा गर्दै विद्याले भनिन् -समकालीन नेताहरूमा सर्वाधिक प्रतिभाशाली 

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरेकी छन्।

National life

मंलबार ‘संसद्मा केपी ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीबारे यस्तो बताएकी हुन्।

‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ’, उनले भनिन्, ‘सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ।’

साथै उनले अध्यक्ष ओली राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता भएको बताइन्।

‘सघन अध्ययन र सङ्घर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ। यसर्थ, श्री केपी शर्मा ओलीले संसद्मा गर्नुभएका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण छन्’, भण्डारीले भनिन्, ‘र ती संकलनीय र संग्रहणीय पनि रहेका छन्। त्यसैले पनि यस पुस्तकको विशेष महत्त्व रहेको छ। निरङ्कुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने सिलसिलामा उहाँले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ।’

Shivam cement

प्रकाशित: Jan 30, 2024| 21:15 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्