आइतबार, भदौ १४, २०८३

संघीय संसद्को टोली भारत भ्रमणमा

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- संघीय संसद्को एक टोली भारत भ्रमणमा गएको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरू मंगलबार भारत प्रस्थान गरेका हुन्। 

भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा मंगलबार उनीहरु भारत गएका हुन्। भारत भ्रमणमा जानेहरूका  यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन्। 

सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो।

प्रकाशित: Jan 30, 2024| 17:00 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्