शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दुबईबाट भित्र्याइएको ९० लाख रुपैयाँ अवैध ठहर, समीरलाई एक वर्ष जेल 

दुबईबाट भित्र्याइएको ९० लाख रुपैयाँ अवैध ठहर, समीरलाई एक वर्ष जेल 

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राई दोषी ठहर भएका छन्।

National life

समिरविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले दायर गरेको मुद्दालाई अन्तिम किनारा लगाउँदै विशेष अदालतले मंगलबार उनलाई ६ महिनाको जेल सजाय तोकेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले राईलाई दोषी ठहर गरेको हो। 

राईले दुबईबाट भित्र्याएको ९८ लाख ५८ हजार ९ सय ४३ रुपैयाँमध्ये विशेष अदालतले ९० लाख ५८ हजार २ सय ४३ रुपैयाँको श्रोत खुल्न नसकेको ठहर गरेको हो। 

राईलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ३०९१० (क) बमोजिम विगो बराबर ९० लाख ५८ हजार २४३ रूपैयाँ जरिवाना र १ वर्ष कैद सजाय सुनाइएको हो। त्यस्तै वैध श्रोत नखुलेको ९० लाख ५८ हजार २४३ रुपैयाँ जफत हुने फैसला अदालतले सुनाएको छ। यस प्रकरणमा अर्की प्रतिवादी अम्बिका राईले सफाइ पाएकी छन्। 

चोरीको कसुर गरी दुबईमा प्राप्त गरेको ९८ लाख ५८ हजार नौ सय ४३ रुपैयाँ वायर ट्रान्सफरका माध्यमले नेपाल भित्र्याएको पुष्टि भएको भन्दै राईविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको थियो। 

Laxmi sunrise bank
kumari

दुबईमा मनी ट्रान्सपोर्टरको रूपमा काम गर्ने राईले कम्पनीमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी रकम लिई नेपाल आएका थिए।

उनले नेपाल बैंक ललितपुरको खातामा जम्मा गरेको धरौटी आम्दानी ९० लाख ५८ हजार दुई सय ४३ रुपैयाँ जफत हुन मागवादीसमेत विभागले गरेको छ ।

प्रकाशित: Jan 30, 2024| 18:00 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्