मंगलबार, चैत २४, २०८२

भ्रष्टाचार सूचकांकमा नेपालको सुधार

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अंकसहित एक सय आठौं स्थानमा देखिएको छ।

National life

नेपालले भ्रष्टाचार सूचकांकमा गत वर्षको भन्दा एक अंक सुधार गरेको छ। गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अंकसहित एक सय १०औं स्थानमा थियो। त्यस्तै, सन् २०२१ मा ३३ अंकसहित एक सय १७औं स्थानमा थियो।

ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अंकसहित डेनमार्क पहिलो स्थानमा छ। त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र सिंगापुर पाँचौं स्थानमा छन्। त्यसपछि क्रमशः स्वीडेन, स्विजरल्यान्ड, नेदरल्यान्ड, जर्मनी र लग्जेम्बर्ग छन्।

उक्त सूचीमा सोमालिया ११ अंकसहित एक सय ८०औं स्थानमा छ । भेनेजुयला, सिरिया, दक्षिण सुडान, यमनलगायत मुलुकहरु बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन्। नेपालका दुई छिमेकी मुलुकमध्ये भारत ३९ अंकसहित ९३औं स्थानमा र चीन ४२ अंकसहित ७६औं स्थानमा छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनको भ्रष्टाचार अनुभूति सूचकांकले सम्बन्धित देशको सार्वजनिक क्षेत्र कति भ्रष्ट छ भन्ने कुरा देखाउँछ। यो सूचकांक तयार पार्नका लागि विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरमलगायत विभिन्न संस्थाबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरिएको जनाइएको छ। जसमा विभिन्न १३ प्रकारका सर्वेक्षण तथा जाँच गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले उल्लेख गरेको छ।

kumari

प्रकाशित: Jan 30, 2024| 14:01 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्