आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं: परराष्ट्रमन्त्री साउद

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं: परराष्ट्रमन्त्री साउद

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

काठमाडौंस्थित कोरियन दूतावासले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सब अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भने, 'ठूलो संख्यामा कोरियाली कम्पनी, उद्योगीलाई र लगानीकर्ताहरुलाई स्वागत गर्न तत्पर छौं।'

परराष्ट्रमन्त्री साउदले दुबै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेकोसमेत बताएका छन्। भने,  'हामीबीच आर्थिक साझेदारीका सम्भावनाहरू अन्वेषण गरौं। द्विपक्षीय व्यापार अभिवृद्धि गरौं र लगानी बढाऔं।'

उनले कृषि, उर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन्। भने, 'कोरियामा हजारौं नेपाली कामदार छन्। नेपालीहरुले थप अध्ययनका लागि कोरिया रोजेका छन्। हजारौं कोरियाली पर्यटकका रूपमा नेपाल आउने गरेका छन्। कोरियालीहरूको ठूलो संख्याले नेपालमा लगानी गरेको छ। आगामी दिनहरूमा, हामी यसलाई साझेदारीलाई थप विस्तार गर्नेछौं।'

परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई पनि गति दिने उल्लेख गर्दै भने,'म विश्वस्त छु कि स्वर्ण जयन्तीको अवसरमा उच्चस्तरीय भ्रमण गर्न सक्छौं।'

प्रकाशित: Jan 30, 2024| 13:45 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्