आइतबार, भदौ १४, २०८३

युट्युबर मनोज महतो साइबर अपराध आरोपमा पक्राउ

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- मनोज मानव भनेर चिनिने युट्युबर मनोज कुमार महतो विद्युतीय अपराध ऐन विपरीत कसूर गरेको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी समातिएका हुन्। महतो यसअघि पनि साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

‘स्टार अनलाइन टिभी’ नामक युट्युब चलाउने महतोलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको थियो। युट्युबमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा उनीमाथि लाग्दै आएको छ। पछिल्लो समय पूर्व एआईजी रणबहादुर चन्द र आफूलाई अभियन्ता भनेर चिनाउने तारा बरालको विषयमा विभिन्न सामग्री प्रशारण गरेका थिए।

प्रकाशित: Jan 30, 2024| 13:11 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्