आइतबार, भदौ १४, २०८३

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ। मरासिनीको आज बिहान हृदयाघातबाट निधन भएको हो।

घरमै हृदयाघात भएका उनलाई कलंकीको नेसनल अस्पताल लगिएको थियो। मरासिनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए। लामो समय जिल्ला न्यायाधीश रहेका उनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन्।

उनको आजका लागि एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलाससमेत तोकिएको थियो।

प्रकाशित: Jan 30, 2024| 12:49 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्