भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन्।
स्थानीय अग्नि सेवा विभागले जनाएअनुसार उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो।
गाडीहरू गोदाममा राखिएको स्थानमा आगलागी हुँदा धेरै सवारीसाधनमा क्षति भएको हो। आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो।
आगलागीमा परी नष्ट भएका सवारीसाधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उलंघन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएर राखेको थियो। आगलागीको कारण भने खुलेको छैन।
(रासस-सिन्ह्वा)