शुक्रबार, असार १२, २०८३

२३ वर्षपछि 'करायो धुरीबाट पाप'

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- खानामा विष मिसाएर हत्या अभियोग लागेका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्।

National life

२०५७ माघ ११ गते राति धनुषाको साविक सिंग्याहीमडान गाविस वडा नम्बर ७ हालको कमला नगरपालिका–६ बस्ने ५४ को मोहन साह कानु समेतले बुधनी देवीको खानामा विषादी हाली उक्त खाना बुधनी देवीलाई खुवाउँदा बुधनी देवीको मृत्यु भएको थियो।

मृतक बुधनी देवीको शवको बारेमा कोही कसैलाई जानकारी नगराई बेपत्ता पारी शव दबाई घटनापछि भागेका कानुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

उनलाई साढे १२ बजे धनुषाको कमला नगरपालिका–६ सखुवा बजारमा प्रहरी चौकी सिंग्याहीमडान धनुषाबाट प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ परेका कानुलाई ईलाका प्रहरी कार्यालय खजुरी धनुषामा दाखिला गरेकोमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
 

Shivam cement

प्रकाशित: Jan 30, 2024| 07:25 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्