मंगलबार, चैत २४, २०८२

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।

National life

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। 

सरकारले गत कार्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कार्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने छन्।

शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ। 
 

प्रकाशित: Jan 30, 2024| 06:57 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्