आइतबार, भदौ १४, २०८३

वाम गठबन्धन गर्न नेकपा एसका नेता खनालको प्रस्ताव 

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले झलनाथ खनालले दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नुपर्ने बताएका छन्।

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकको अन्तिममा बोल्दै उनले वर्तमान गठबन्धन प्रति सन्तुष्ट देखिए।

उनले भने, ‘हामी नयाँ ढङ्गले अगाडि बढ्न सक्छौ तर हाम्रो पार्टीले ठिक दिशा लिन सक्नुपर्छ। यसो हुँदा अरू वामपन्थीलाई पनि एकताबद्ध गर्न सक्छौँ। वाम पन्थी एकता किन नगर्ने भन्न सक्छौँ। हामीसँग क्रान्तिको सिङ्गो शृंखला हुनुपर्छ। पुँजीवादी दक्षिणपन्थीसँग गठबन्धन गर्ने भन्दा वामपन्थीसँग गठबन्धन गर्न यो कारणले सही छ भन्ने कुरा आउँछ। अनि मात्र वामपन्थी एकता कायम हुन्छ।’

उनले वाम एकता भयो भने मात्र जनताका मुद्दा सम्बोधन हुने बताए। उनले कम्युनिस्ट आन्दोलनका भयानक गल्तीहरु भएकाले सच्चिएर अगाडि जानुपर्ने समेत बताए। यस्तै पार्टीले उमेर हद पनि कायम नराख्ने भएको पनि बताए।

प्रकाशित: Jan 29, 2024| 18:06 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्